साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना हिमालयन हाईड्रोपावर लिमिटेडको प्रति कित्ता अंकित मूल्य रु.१००/- दरको १९,६८,२५० कित्ता शेयर मध्ये ५% अर्थात ९८, ४१३ कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँटफाँट गरिएको र २% अर्थात ३९,३६५ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी १८,३०,४७२ कित्ता साधारण शेयरहरु आज मिति २०७४ आषाढ १५ गते बुधबारदेखि सर्वसाधारणहरुमा निष्कासन तथा बिक्री खुल्ला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । विस्तृत सुचना पढ्न तलको फोटोमा क्लिक गर्नुहोस। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको निमित्त साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला अवधि थप गरिएको बारे सूचना मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजी रु. ५८,८,०,३६,९००/- (अक्षरेपी अन्ठाउन्न करोड असी लाख छत्तीस हजार नौ सय मात्र) मध्ये १०% अर्थात् रु. ५,८८,०३,७०० /- (अक्षरेपी पाँच करोड अठासी लाख तीन हजार सात सय मात्र) रकम बराबरको रु.१००/- अंकित दरका ५,८८,०३७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको म...